बलात्कार कसुरमा सात वर्ष कैद फैसला

०७६ फागुन ६ गते

१८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपरासी जिल्ला बर्दघाट–१ का ५० वर्षीय दुर्गा केसीलाई चितवन जिल्ला अदालतले ७ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ०७६ फागुन ५ गते यस्तो फैसला सुनाएको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो ।

आरोपितले ०७६ साउन १० गते बलात्कार गरेको भन्दै पीडितले ०७६ साउन २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परिक्षण साउन २१ गते भरतपुर अस्पतालमा भएको थियो  । आरोपितलाई साउन २२ गते चितवन प्रहरीले गिरफ्तार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>


9 × = forty five