गुलरिया नपा-३ निवासी बर्दिया नागरिक समाज सञ्जालका संयोजक तथा एमाले जिल्ला कमिटी सदस्य गोविन्दप्रसाद पाण्डेलाई असार १५ गते राति करिब ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाप्रति हाम्रो ध्यानाकर्षा भएको छ । मृतक पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
मानवअधिकार रक्षक पाण्डेलाई घरमा सुतिरहेको अवस्थामा हतियारधारी समूहले गोली हानी घाइते बनाएकोमा उनको उपचारको क्रममा नेपालगञ्ज लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको हत्या हुनुले न्यायोचित ढङ्गले आवाज उर्ठाई आवाजबिहीनहरूको आवाज मुखरित गर्ने पक्षमाथि आक्रमण भएको हाम्रो ठम्याइ छ । हामी यस्तो जघन्य आपराधिक घटनाको भर्त्सना गर्दछौँ । घटनास्थल नजिकै प्रहरी चौकी रहँदा रहँदै पनि भएको यस घटनाबाट सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको प्रमाणित भएको छ ।
घटनाको सत्य-तथ्य पत्ता लगाई दोषीमाथि अविलम्ब कानूनी कारबाही गर्न सरकारसँग माग गर्दर्र्छौ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष