डेटलाइन स्यूचाटार
रुपक
विश्लेषण
भण्डार
तथ्याङ्क
विचार मञ्च
डायरी
स्थलगत अध्ययन
प्रतिवेदन
प्रकाशन
वर्ष पुस्तक
पुस्तकालय
प्रेस विज्ञप्ति
इन्सेक बारे
माइन प्रतिवेदन
 
 

माइन/घरेलु/वेवारिसे विस्फोटक पदार्थबाट हताहत सर्वसाधारण सम्बन्धी अध्ययन प्रतिवेदनहरु

नेपालमा घरेलु विस्फोटक पदार्थ (Improvised Explosive Devices-IED), नपड्किएका विस्फोटक पदार्थ (Unexploded/Abandoned Ordnance - UXO/AO), मानव घातक माइन (Antipersonnel - AP Mines) विस्फोटन सम्बन्धी घटनाका बारेमा माइनविरुद्धको अभियानमा लागेका समुदायलाई वास्तविक सूचना प्रदान गरी विस्फोटनजन्य जोखिम न्यूनीकरण शिक्षा (Mine Risk Education), पीडित सहायता (Victim Assistance) तथा बहस/पैरवी (Advocacy)  मा सुधार ल्याउनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) ले विस्फोटक पदार्थ विस्फोटन सम्बन्धि तथ्याङ्क संकलन प्रणाली (Surveillance System)  सञ्चालन गरेको छ ।

अवधिः मार्च २००७
स्रोतः इन्सेक तथ्यांक संकलन प्रणाली (Active Surveillance)

मार्च महिनामा ३८ जना प्रभावित भए जसमध्ये एकको मृत्यु भयो । मृत्यु हुने कालीकोटका थिए भने सोही जिल्लाका अन्य एक घाइते भए । यसैगरी, प्युठानमा एक जना र रोल्पामा तीन जना विस्फोटनमा घाइते भए । झापाको एकै घटनामा ३२ जना सर्वसाधारण घाइते हुनुका साथै एक प्रहरीले आफ्ना दुवै हात गुमाएका छन् ।

अवधिः जनवरी/फेब्रुअरी २००७
स्रोतः इन्सेक अनुगमन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः-वैशाख५गते

• जनवरी, २००७ मा ३ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा ६ जना सर्वसाधारण हताहत भएका थिए ।

• फेब्रुअरी, २००७ मा २ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा २ जना सर्वसाधारण हताहत भएका थिए ।

• जनवरी २००६ देखि फेब्रुअरी २००७ सम्ममा नेपालमा १०३ वटा अलक्षित विस्फोटनका घटनामा १७७ जना सर्वसाधारण हताहत भएका छन् ।

• मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २९ वटा विस्फोटनका घटनामा ४५ जना हताहत भएका थिए भने मध्यमाञ्चल विकास क्षेत्रमा २८ वटा घटनामा ४६ जना हताहत भएका थिए ।

• सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला सबैभन्दा बढी प्रभावित जिल्ला थियो जहाँ २० जना अलक्षित विस्फोटनमा हताहत भएका थिए भने त्यसपछिको अति प्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।



अवधिः नोभेम्बर/ डिसेम्बर २००६
स्रोतः इन्सेक तथ्यांक संकलन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः- माघ ९ गते

सारांश
·      इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार नोभेम्वर महिनामा तीन वटा विस्फोटनमा सात जना सर्वसाधारण हताहत भएका थिए ।
·      इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार डिसेम्वर महिनामा दुई वटा विस्फोटनमा पाँच जना सर्वसाधारण हताहत भएका थिए ।
·      सन् २००६ मा ८४ वटा विस्फोटनका घटनामा १४४ जना सर्वसाधारण हताहत भएका थिए ।
·      मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २३ वटा विस्फोटनका घटनामा ४० जना हताहत भएका थिए ।
सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला सबैभन्दा बढी प्रभावित जिल्ला थियो जहाँ १३ जना हताहत भएका थिए भने त्यसपछिको अति प्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।


माइन प्रतिबेदन सेप्टेम्बर/अक्टोबर २००६

माइन प्रतिबेदन जुलाई - अगस्ट २००६

अवधिः जुन, २००६
स्रोतः तथ्याङ्क संकलन प्रणाली (Active Surveillance)
प्रकाशित मितिः ८ अगस्ट २००६

शीर्षकः अलक्षित विस्फोटनमा हताहत भएका सर्वसाधारण सम्बन्धी मासिक अध्ययन प्रतिवेदन - जुन २००६

सारांशः
जुन २००६ मा इन्सेकले ८ वटा जिल्लाका ९ वटा घटना रेकर्ड तथा अनुसन्धान गरेको थियो जसमा ११ जना र्सवसाधारण घाइते भएका थिए भने २ जनाको मृत्यु भएको थियो । पश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो जहाँ ५ जना र्सवसाधारण हताहत भएका थिए । विस्फोटनका घटना भएका जिल्लाहरुमा कैलाली (३ जना हताहत), सुर्खेत -३ जना हताहत), पाल्पा -२ जना हताहत), गुल्मी (१ जना हताहत ), म्याग्दी (१ जना हताहत), रुपन्देही (१ जना हताहत), सिन्धुपाल्चोक (१ जना हताहत) र उदयपुर (१ जना हताहत) गरी जम्मा ८ वटा जिल्ला थिए । अधिकांश विस्फोटन पीडितपक्षले वि स्फोटक पदार्थ नजिकैको स्थानहरुबाट घरमा ल्याएपछि घरमा नै भएका थिए ।


माइन प्रतिबेदन जनवरी - मे, २००६

मानवअधिकार
वर्षपुस्तक २००८

Human Rights Yearbook 2008

सारांश पढ्नुहोस्»

 
प्राची
Prachi
 
फोटो संग्रह
 
 
 
 
अडियो संग्रह
रेडियो कार्यक्रम १ असार २०६५
रेडियो कार्यक्रम २६ जेठ २०६५
   
भिडियो संग्रह
जन आन्दोलन-II पुस्तक समारोह
 

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी मस्यौदा विधेयकमाथि इन्सेकको टिप्पणी र सुझाव