केहीबेर अघि गोली चलेको ठाउँमा दिव्या पुगिन् । भाइ रूपलालको एकातिरको बङ्गारा बाहिर निस्केको, गाला च्यातिएर गोली छिरेको, दायाँ हातको कान्छी औंला छिनेर उफ्रिरहेको देखिन् । दश ठाउँमा गोली लागेको रूपलालको जिउबाट भलभलती रगत बगिरहेको थियो । नजिकै आफ्नो अर्को भाइ रामुसहित दश जनाको लास पल्टिएको थियो । उनले निकै साहस र धैरयताका साथ भाइसँग सोधिन् " भाइ, के बोलेका थियौ तिमीहरूले सेनासँग -"
मुखबाट रगत बान्ता गर्दै रूपलालले जबाफ दिए" हामीले केही पनि भनेका थिएनौँ दिदी ।" केही क्षण सन्नाटा छायो । तुरुन्तै उनकी पत्नी सुस्मिता आइपुगिन् । दिव्याले बुहारीलाई देखाउदै सोधिन्" भाई त्यो को हो - रूपलालले सकिनसकी जबाफ दिए "तिम्री बुहारी ।" एक्काशी दिव्यालाई भाइको उपचार गराएर बचाउने बुद्धि आयो । बुहारीसँग सल्लाह गरी गाउँमा खटउली खोज्न हिँडिन् । 
०५८ मङसिर १३ गते त्रिभुवन नगरपालिका -३ बर्गदीमा धान दाइ गरिरहेका सोही ठाउँका किसानहरू ३४ वर्षीय खुशीराम चौधरी, ३५ वर्षीय आशाराम चौधरी, ४० वर्षीय सितलाल चौधरी, ४५ वर्षीय जोगी चौधरी, २० वर्षीय जगमान चौधरी, ५५ वर्षीय प्रसाद चौधरी, ३० वर्षीय कृष्ण चौधरी, ५० वर्षीय सोमलाल चौधरी, २८ वर्षीय रिसमान चौधरी, ३० वर्षीय रामु चौधरी र ३५ वर्षीय रूपलाल चौधरीलाई घोराही ब्यारेकबाट गएको सेनाले गोली हानी हत्या गरेको थियो । सोही वर्षमाओवादीहरूले त्रिकुर लगाउने भनेका भरमा जग्गा धनीले सुराकी लगाई सेनालाई बोलाएर हत्या गर्न लगाएको पीडित परिवारहरूको दावी छ । सशस्त्र विद्रोह गरिरहेको माओवादीले सरकारसँगको दोश्रो वार्ता भङग गरेर दाङ सदरमुकाममा भिषण आक्रमण गरेपछि सरकारले देशभर सङकटकाल लागु गरेर सेना परिचालन गरेको पहिलो हप्तामा घटेको अत्यन्त क्रुर र अमानवीय प्रसङ्ग थियो यो ।
सबैलाई घोप्टो पर्न भनियो । ११ जना खलियानमै घोप्टो पर । ठागुराम जमिन्दारको घर भित्रैबाट भागिसकेका थिए । एउटा सैनिकले एक हवाईफायर गर्žयो । दुई मिनेटपछि परर, परर, परर चलेको गोलीको आवाजले पूरा गाउँ थर्कियो । पाँच मिनेटपछि गोली चल्न छोड्यो । एउटा गाडीमा आठ दश जनाको सङख्यामा रहेको सैनिक टोली घोराहीतिर फर्कियो ।गाउँ आतङको पोखरीमा डुबुल्की मार्न बाध्य भयो । गाउँलेहरू दिउँसै ढोका लगाएर घरभित्र लुकिरहेका थिए । दिउसो ३ बजेको समय थियो । विद्यालयबाट घर फर्केका विद्यार्थीहरू आफ्ना अभिभावकलाई अनाहकमा गुमाएको, निर्दोषलाई मारेकोमा रुँदै घरतिर खबर गरिरहेका थिए । गाउँलेहरू जम्मा भए । रूपलाललाई औषधि गर्नेमा मतमतान्तर भयो । फेरी पनि गोली हानेर गाउँलेलाई मार्छ भन्ने डरले कसैले पनि अगाडि बढ्ने हिम्मत गरेन । आतङक र त्रासले मानवतालाई निलिसकेको थियो ।
साँझको ५ बजे पुन १०, १२बटा सेनाका १०-१२ बट गाडीहरू फेरी